काठमाडौं । बुधबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद र कन्काई विकास बैंकको बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो ।
नेप्सेले एभरेष्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद पछि मूल्य समायोजन गरेको हो । समायोजन पश्चात एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५६३.४१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९५८.१२ रुपैयाँ रहेको थियो ।
त्यस्तै, नेप्सेले माहुली सामुदायिक लघुवित्तको पनि ५० प्रतिशत हकप्रद सेयर पश्चात सेयर मूल्य समायोजन गराएको छ । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १ हजार ५५५ रुपैयाँ रहेको छ भने जसको आधार मूल्य प्रतिकित्ता १ हजार १४५ रुपैयाँ रहेको थियो ।
त्यसैगरी, कन्काई विकास बैंकको ३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको । समायोजन पछिको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४.२७ रुपैयाँ रहेको छ ।