काठमाडौं । बिहीबारकाे बजारमा दुई कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन्। सो दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ९.७९ प्रतिशत कमाएका छन् ।
सम्रगमा बिहीबारको बजार सामान्य अंकले अाेरालाे लागेको छ । दिनभर उतारचढाव दखिएकाे बजारमा नेप्से परिसूचक ३.३१ अंकले घटेर १२०५ अंकमा अडिएको छ ।
बजारमा कुल १५८ कम्पनीको २३ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । जसको एकैदिन २ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ पुग्ने छ ।
सो दिन होटल समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक २४ अंकले ओरालो लागेको छ । बिहीबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८८ प्रतिशत गुमाएका छन् ।