सूर्योदय लघुवित्तले ४२ प्रतिशत बोनस पछि ५० प्रतिशत हकप्रद जारी गर्ने

<p>काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले ४२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि २.२५ प्रतिशतले हुन आउने १७ लाख एक हजार नगद लाभांश पारित गर्ने संस्थाले बताएको छ । उक्त प्रस्ताव कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई आगामी पुस ७ गते हुने संस्थाको वार्षिक साधारणसभाले [&hellip;]</p>

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले ४२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि २.२५ प्रतिशतले हुन आउने १७ लाख एक हजार नगद लाभांश पारित गर्ने संस्थाले बताएको छ ।

उक्त प्रस्ताव कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई आगामी पुस ७ गते हुने संस्थाको वार्षिक साधारणसभाले पारित गर्ने भएको छ ।

हाल संस्थाको चुक्ता पुँजी ७ करोड ५३ लाख रुपैयाँ रहेको छ । ४२.७५ प्रतिशत बोनस पछि चुक्ता पुँजी १० करोड ७९ लाख रुपैयाँ कायम हुने छ । उक्त पुँजीमा संस्थाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । सो मात्राको हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी १६ करोड १८ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । संस्थाले  अधिकृत पुँजी बढाएर २५ करोड रुपैयाँ पुर्याउने संस्थाले जनाएको छ ।

साथै, कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरुको समूहको सेयर स्वामित्व र ४९ प्रतिशत साधारण सेयर सर्वसाधारण समूहको सेयर स्वामित्वमा हुने गरी पुँजी संरचना परिवर्तन गर्ने व्यवस्था रहेको छ । त्यस्तै, उक्त सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।

Share News