वेस्टर्न युनियनको ‘खुसीको पर्व’ योजना सम्पन्न, वान्ग्मोले जिते ५ लाख रुपैयाँ

<p>काठमाडौं । भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरको चाडपर्व लक्षित ‘खुसीको पर्व’ योजना कात्तिक मसान्तबाट सम्पन्न भएको छ । यस योजना अन्तर्गत आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकम नै प्राप्त गरेका थिए । योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक ५५ दिनसम्म [&hellip;]</p>

काठमाडौं । भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरको चाडपर्व लक्षित ‘खुसीको पर्व’ योजना कात्तिक मसान्तबाट सम्पन्न भएको छ ।

यस योजना अन्तर्गत आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकम नै प्राप्त गरेका थिए । योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक ५५ दिनसम्म १५ हजार रुपैयाँ जितेका थिए ।

साथै, योजनाको बम्पर पुरस्कार घोषणा मंसिर ३ गते सांग्रीला होटल, लाजिम्पाटमा गरिएको थियो । जसमा छिरिंग वान्ग्मोले बम्पर उपहार स्वरुप ५ लाख रुपैयाँ जितेका छन् ।

असोज ७ गतेदेखि शुरु भएको यस योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु: अन्नपूर्ण ट्राभल, सि.जि फिन्को, हुलास रेमिटेन्स प्रा.लि, माया रेमिट प्रा.लि., नबिल बैक लि., डिजिटेक रेमिट्यान्स प्रा.लि र सूर्य रेमिट प्रा.लि मार्फत रकम प्राप्त गर्नु पर्ने थियो ।

Share News