काठमाडौं । कृषि विकास बैंक लिमिटेडले डढेलधुरा जिल्लाको जोगबुढामा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका संचालक समिति सदस्य घनश्याम अवस्थी, बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र परशुराम नगरपालिका प्रमुख भिमबहादुर साउदले संयुक्त रुपमा गरेका छन् ।
उदघाटन समारोहमा परशुराम नगरपालिका मेयरसाउदले बैंकको उच्च प्रगतिका लागि नगरपालिकाको तर्फबाट गर्नु पर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धताका साथ बैंकको उल्लेखनीय प्रगतीका लागि शुभकामना दिएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रडक्टको बारेमा जानकारी गराएका छन् । साथै, बैंकले यस आर्थिक वर्षमा प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा उत्पादनमुलक ठूला राम्रा परियोजनाका लागि वित्तीय लगानी उपलव्ध गराउने कार्यक्रम रहेको, व्यवसायीक कृषि परियोजनामा विशेष प्रथामिकताका साथ कर्जा लगानी गर्ने जानकारी दिइएको छ । त्यस्तै, भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले बताए ।
त्यस्तै, बैंकका संचालक सदस्य अवस्थीले स्थानीय जनताको विशेष संरक्षणमा नै बैंकले भविष्यमा थप सुविधाहरु प्रदान गर्ने, बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने जस्ता कार्य गर्दै आएको बताएका छन् ।