काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत दोस्रो महिनाको विजेता पर्साका बिनोद अग्रहरी घोषित भएका छन् । अग्रहरीले मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई एक लाख रुपैयाँको मासिक लक्कीड्रमा परी दोस्रो महिनाको विजेता हुन सफल भएका हुन् ।
उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ९२४ जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार रुपैयाँ र १ जनाले १ लाख रुपैयाँ जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबीच उक्त नगद पुरस्कार हस्तान्तरण गरियो ।
सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० रुपैयाँको मोबाइल टप अप १२ जनाले जित्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा तीन जना विजेताहरुले १० हजार रुपैयाँ र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले एक लाख रुपैयाँ जित्न सक्ने छन् ।
योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । यो योजनाअसोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुनेछ ।