काठमाडौं । मंगलबार मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा १८.२५ प्रतिशत बोनस पश्चात बैंकको सेयर मूल्य समायोजन भएकाे हाे ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४५.०३ रुपैयाँ रहेको छ । जसको औसत आधार मूल्य प्रतिकित्ता ४९८.५२ रुपैयाँ रहेको थियो ।