प्रभु बैंककाे ७ वटा एक्स्टेन्सन काउण्टर सञ्चालनमा, भन्सार कार्यालयमा बैंकिङ्ग सेवा दिने

<p>काठमाडौं । प्रभु बैंकले ७ वटा नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित सो मात्राको काउन्टरहरु सञ्चालनमा ल्याएको हो । बैंकले मंगलबारदेखि झापाको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा एक्स्टेन्सन काउण्टरहरु [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले ७ वटा नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित सो मात्राको काउन्टरहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले मंगलबारदेखि झापाको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा शुरु गरेको छ ।

भन्सार विभागका महानिर्देशक तोयम रायाले एक समारोहकाबीच बैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टरको उद्घाटन गरेका छन् । त्यसैगरी, अन्यभन्सार कार्यालयका एक्स्टेनसन काउण्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखहरुले उद्घाटन गरेका हुन् ।

भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुने बैंकको विश्वास छ ।

त्यस्तै, राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा पनि टेवा पुग्ने बैंकको विश्वास छ ।

Share News