एनआईसी एशिया बैंकको नयाँ शाखा अब बिर्तामाेड बजारमा

<p>काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय बिर्तामोड नगरपालिका वडा नं ३, बिर्ताबजार स्थित शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीबाट समुद्घाटन सु–सम्पन्न भएको छ । मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने भएको छ । मुलुककै सबैभन्दा ठूलो [&hellip;]</p>

काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय बिर्तामोड नगरपालिका वडा नं ३, बिर्ताबजार स्थित शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीबाट समुद्घाटन सु–सम्पन्न भएको छ ।

मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने भएको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७० अर्ब तथा कर्जा १४४ अर्ब पुगेको छ । निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ

Share News