काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले एक्सचेन्ज् अफर देशभरी सुरु गरेको छ । हुण्डाई एक्सचेन्ज् क्याप नामको कार्यक्रम बिहिबारबाट सुरु भएको हो ।
४ बर्षको फ्रि सर्भिस ३ बर्षको वारेन्टी र हरेक टेस्ट डाइभमा आकर्षक उपहारहरु प्रदान गरिने छ । इजी फाइनास र इनसुरेन्स तथा कस्ट डिस्कान्ट सँगसगै लोयस्ली बोनस १५ हजार बरावरको र एक्सचेन्ज् बोनस १ लाख ५० हजार सम्म प्रदान गर्ने भएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीका महाप्रवन्धक रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेका बताएका छन् ।
देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज् योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । हुण्डाई एक्सचेन्ज् क्याप नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उप्लब्ध छ । बर्षभरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेन्ज् क्यापमा निरन्तरता दिएको छ । क्याम्प बिहान १० बजेदेखि ६ बजेसम्म एक्सचेन्ज् अफर साथै स्टक एक्सचेन्ज् र मूल्याङ्ग हुनेछ ।