आजदेखि सेयर कारोबार अनलाईनबाटै

<p>काठमाडौं । आजदेखि सेयर कारोबार अनलाइनबाटै हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटड(नेप्से)ले अनलाइन सेयर कारोबारका लागि आवश्यक सबै प्राबिधिक तयारी सम्पन्न गरेर आजबाटै अनलाइन सेयर कारोबार आरम्भ गर्न लागेको हो । त्यसका लागि ब्रोकर र लगानी कर्ताबिच हुने सम्झौताको मस्यौदामा सहमति भैसकेको छ । यस अघि अनलाइन सेयर कारोबारमा लगानीकर्ता र ब्रोकरले गरेका गुनासाहरुको [&hellip;]</p>

काठमाडौं । आजदेखि सेयर कारोबार अनलाइनबाटै हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटड(नेप्से)ले अनलाइन सेयर कारोबारका लागि आवश्यक सबै प्राबिधिक तयारी सम्पन्न गरेर आजबाटै अनलाइन सेयर कारोबार आरम्भ गर्न लागेको हो ।

त्यसका लागि ब्रोकर र लगानी कर्ताबिच हुने सम्झौताको मस्यौदामा सहमति भैसकेको छ । यस अघि अनलाइन सेयर कारोबारमा लगानीकर्ता र ब्रोकरले गरेका गुनासाहरुको सम्बोधन गरिसकेको नेप्सेले बताएको छ ।

सेयर कारोबार अनलाइनबाटै सम्भव हुने भएपनि कारोबार वापतको भुक्तानी तथा नगद प्राप्तिका लागि भने चेक नै उपयोग गर्नुपर्छ ।

Share News