चिलिमे जलविद्युतले २५ प्रतिशत लाभांश दिने, सेयर मूल्यमा उच्च वृद्धि

<p>काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २५ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बोनस सेयर घोषणासँगै कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । मंगलबार ६०८ रुपैयाँमा कारोबार भएको सेयर मूल्य बुधबार ६५२ रुपैयाँसम्म कारोबार भएको [&hellip;]</p>

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २५ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बोनस सेयर घोषणासँगै कम्पनीको सेयर मूल्य बढ्न थालेको छ । मंगलबार ६०८ रुपैयाँमा कारोबार भएको सेयर मूल्य बुधबार ६५२ रुपैयाँसम्म कारोबार भएको छ ।

 

Share News