काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले आफनो एघारौं शाखा कार्यालय बुढानिलकण्ठ–८, हात्तीगौडामा सुरु गरेको छ । विगत २४ वर्षदेखि डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले वित्तीय सेवा प्रदान गर्दै आइरहेका छ ।
हाल कम्पनीको चुक्ता पूँजी रु. ८१ करोड, निक्षेप ४ अर्व २५ करोड र कर्जा तथा लगानी ४ अर्व ३ करोड रहेको छ । कन्नेक्ट आइपिएस, मोवाइल बैंकिङ्ग, फ्रि एविविएस, सि एसबि जस्ता अत्याधुनिक सेवा वित्तीय संस्थाले ग्राहक महानुभावहरुलाई प्रदान गर्दै आइरहेको छ ।
देशभरीका विभिन्न ११ स्थानबाट बैकिङ्ग सुविधा प्रदान गरिरहेको उक्त फाइनान्सको ९,१०औं शाखा २०७५ मसिंर २४ गते सल्यान जिल्लाको शारदा नगरपालिका–१, श्रीनगर तथा २६ गते बुधवार नै पश्चिम रुकुम जिल्लाको मुसिकोट नगरपालिका–४, सोलावाङ्गमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याएइको छ ।