हिमालयन पावर पार्टनरको पुस १२ र १३ गते बुक क्लोज

<p>काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको आगामी पुस १२ र १३ गते बुक क्लोज हुने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दुई दिन सेयर दाखिला खारेज बन्द गर्न लागेको हो । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २९ गते बस्दै छ । यो वर्ष संस्थाले बोनस, नगद लाभांश लगायत हकप्रद सेयर केही [&hellip;]</p>

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको आगामी पुस १२ र १३ गते बुक क्लोज हुने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दुई दिन सेयर दाखिला खारेज बन्द गर्न लागेको हो ।

संस्थाको आगामी वार्षिक साधारणसभा पुस २९ गते बस्दै छ । यो वर्ष संस्थाले बोनस, नगद लाभांश लगायत हकप्रद सेयर केही पनि नदिने भएको छ ।

हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । बिहीबार यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँ बढेको छ । बुधबार प्रतिकित्ता १८४ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य बिहीबार बढेर प्रतिकित्ता १८९ रुपैयाँ भएको छ ।

Share News