काठमाडौं । यूनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयबासिन्दा र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँको दरले कुल ९६ लाख ६१ हजार ६१० कित्ता सेयर जारी गर्न लागेको हो ।
कम्पनीले स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता गरी साे मात्राकाे आईपीओ बिक्री गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्ड सो मात्राको सेयर निष्काशन गर्न कम्पनीलाई अनुमति दिइसकेको छ । कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने भएको छ ।