गण्डकी विकास बैंकको शाखा अब महेन्द्रनगरमा

<p>काठमाडौं । गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय झपट बहादुर बोहोराले समुद्घाटन गरेका हुन् । बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द, उद्योग वाणिज्य संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष जितजंग [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ ।

प्रमुख अतिथि प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय झपट बहादुर बोहोराले समुद्घाटन गरेका हुन् ।

बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्द, उद्योग वाणिज्य संघ कञ्चनपुरका बरिष्ठ उपाध्यक्ष जितजंग मल्लले शुभकामना मन्तव्य गरेका थिए ।

आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा रु. १५ करोड ३० लाख आर्जन गर्न बैंक सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप रु. २३ अर्ब ७२ करोड र कर्जा तर्फ रु.२१ अर्ब २४ करोड पुर्याएको छ । बैंकले आकर्षक व्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एविविएस्, एटिएम, सि एएस्वि, आईपीएस्, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा प्रदान गर्ने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले गराएका छन् ।

 

Share News