नेपाल इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

<p>काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको लागि ६५ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख १४ हजार ६५१ कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिएर ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । [&hellip;]</p>

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको लागि ६५ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख १४ हजार ६५१ कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिएर ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात इन्स्योरेन्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ रहेको छ । ६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ रहेको छ ।

Share News