चौतारी लघुवित्तको आईपीओ बाँडफाँट, क-कसले कति पाए ? हेर्नुहोस् (सूचीसहित)

<p>काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १७ देखि भदौ २३ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार बाँडफाँट भएको छ । उक्त आईपीओमा ५६ हजार ७० जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । (क-कसले कति पाए हेर्नको लागि यसमा क्लिक गर्नुहोस्) बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त आईपीओमा कुल २ लाख ७३ [&hellip;]</p>

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १७ देखि भदौ २३ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार बाँडफाँट भएको छ । उक्त आईपीओमा ५६ हजार ७० जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । (क-कसले कति पाए हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)

बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त आईपीओमा कुल २ लाख ७३ हजार १९२ आवदेकले आवेदन दिएका थिए ।

उक्त आईपीओमा कुल एक करोड ७१ लाख ५३ हजार ७७० कित्ता बराबर एक अर्ब ७१ करोड ५३ हजार ७७० रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये एक करोड ७१ लाख १३ हजार १५० कित्ता सेयरमा रितपूर्वक आवेदन परेको छ । बाँकी ४० हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको छ ।

लघुवित्तले कुल ६ लाख कित्ता सेयरमध्ये ३० हजार कित्ता म्युचअल फण्ड र ९३०० लघुवित्तका कर्मचारीलाई छुट्टाएको छ । बाँकी ५ लाख ६० हजार ७०० कित्ता भने सर्वसाधारणलाई बिक्री गरेको हो ।

Share News