
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाले चुक्ता पुँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँको सो मात्राको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, संस्थाले २४ प्रतिशत बोनस पछि कायम हुने चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी १२ करोड ८७ लाख रुपैयाँ पुग्ने छ । त्यसमा ५० प्रतिशत हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी १९ करोड रुपैयाँ नाघ्ने छ ।
संचालक समितिको उक्त प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आठौँ वार्षिक साधारणसभा आगामी पुस २१ गते बस्दै छ । सो प्रयोजनको लागि संस्थाले आगामी पुस १० गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।
साथै, सभाले संस्थाको वर्तमान अधिकृत पुँजी २० करोड बाट बढाएर ३० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्दै छ ।