काठमाडौं । विजया लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । १० प्रतिशत बोनस सेयर पछि आज(आइतबार) मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।
समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३१.८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६९२.९१ रुपैयाँ रहेको थियो ।
आइतबार प्रतिकित्ता ६३१ रुपैयाँबाट कारोबार शुरु गरेको संस्थाको सेयर मूल्यमा वृद्धि भएको छ । सो दिन बैंकको सेयर प्रतिकित्ता ६९५ रुपैयाँसम्म कारोबार भएको छ ।