सेयर बजारले गति लियो, नेप्से १३ अंकले बढ्दा निर्जीवन बीमा समूहमा उच्च वृद्धि

<p>काठमाडौं । सेयर बजारमा सरकारले सकारात्मक नीति लिएपछि सेयर बजारले गति लिएको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार पनि १५.१७ अंकले बढेर ११८२.७८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३० प्रतिशत वृद्धि हो । अर्थमन्त्रालयले समिति गठन गरेपछि लगानीकर्ता आशावादी देखिएका छन् । जसले गर्दा सेयर कारोबार रकममा पनि सुधार देखिएको [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा सरकारले सकारात्मक नीति लिएपछि सेयर बजारले गति लिएको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार पनि १५.१७ अंकले बढेर ११८२.७८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३० प्रतिशत वृद्धि हो ।

अर्थमन्त्रालयले समिति गठन गरेपछि लगानीकर्ता आशावादी देखिएका छन् । जसले गर्दा सेयर कारोबार रकममा पनि सुधार देखिएको छ । सोमबार कुल १५९ कम्पनीको ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको ४ करोड ८३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यस्तै, दोहोरो अंकले उकालो लागेको बजारमा विभिन्न ४ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९२ प्रतिशत कमाएका छन् । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको ९.८९, पूर्णिमा विकास बैंकको ९.८० र आरम्भ माइक्रोफाइनान्सको ९.२१ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ ।

निर्जीवन बीमा समूहको सूचक २२०.५१ अंकले उकालो लागेको छ । सोमबार ट्रेडिङ समूह बाहेक कारोबारमा आएका बाँकी समूह हरिया भएका छन् । ट्रेडिङ समूह सामान्य ३.०४ अंकले घटेको छ ।

Share News