
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरुमा ४० कराेड रूपैयाँ बराबरकाे साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता आईपीओ जारी गर्न लागेकाे हाे ।
लघुवित्तले सो मात्राको सेयर निष्काशनको लागि एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
हाल आँधिखोला लघुवित्तको अधिकृत पुँजी १५ करोड रुपैयाँ, जारी पुँजी १० करोड रुपैयाँ र चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ हुनेछ ।
स्याङजामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै १९ वटा शाखा कार्यालय मार्फत् १२,२४६ विपन्न वर्गका महिला तथा पुरुष समूहहरुलाई करिब ४९ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी, संस्थाले बचत संकलन १४ करोड ४५ लाख रुपैयाँ गरी करिव ८० लाख रुपैयाँ नाफा गरेको छ ।