चिलिमे जलविद्युतले पुस २७ गते बोलायो वार्षिक साधारणसभा

<p>काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको आगामी पुस २७ गते २२औँ वार्षिक साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले पुस १९ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्न लागेको छ । कम्पनीको वार्षिक साधारणसभा उक्त दिन बिहानको ११ बजे काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसियल क्लबमा बस्दै छ । सभाले सञ्चालक समितिको २५ प्रतिशत लाभांश दिने प्रस्तावलाई [&hellip;]</p>

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको आगामी पुस २७ गते २२औँ वार्षिक साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले पुस १९ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्न लागेको छ ।

कम्पनीको वार्षिक साधारणसभा उक्त दिन बिहानको ११ बजे काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसियल क्लबमा बस्दै छ ।

सभाले सञ्चालक समितिको २५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ । समितिको बैठकले चुक्ता पुँजीकाे २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी साे मात्राकाे लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ लाख रुपैयाँ रहेको छ ।

Share News