गण्डकी विकास बैंकको १४.२० प्रतिशत नगद लाभांश राष्ट्र बैंकबाट स्वीकृत

<p>काठमाडौं । गण्डकी विकास बैंकको प्रस्तावित १४.२० प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । उक्त नगद लाभांशलाई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ । सभाले पारित गरेपछि बैंकले सेयरधनीलार्इ गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने छ । बैंकले आर्थिक वर्ष २०७५/७६ [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंकको प्रस्तावित १४.२० प्रतिशत नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । उक्त नगद लाभांशलाई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

सभाले पारित गरेपछि बैंकले सेयरधनीलार्इ गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासमा संचालन मुनाफा १५ करोड ३० लाख रुपैयाँ आर्जन गर्न सफल भएको थियो । सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड रुपैयाँ र कर्जा तर्फ २१ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको बैंकले जनाएको छ ।

Share News