काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणको लागि ५४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले बिहीबार धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आईपीओ निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात हाइड्रोले नागरिक लगानी कोष मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।