शिवमकाे १० बोरा सिमेन्ट किन्दा सुनदेखि नगद पाइने, साथमा हेलिकप्टर यात्रा पनि

<p>काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ग्राहकहरुलाई लक्षित गरि “लक्ष्मी हातमा देव दर्शण शिवमका साथमा” नामक नयाँ योजना बजारमा ल्याएको छ । यो योजना सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू गरिएको छ । यस योजना अन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन पाइने छ । उक्त कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच [&hellip;]</p>

काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ग्राहकहरुलाई लक्षित गरि “लक्ष्मी हातमा देव दर्शण शिवमका साथमा” नामक नयाँ योजना बजारमा ल्याएको छ ।

यो योजना सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू गरिएको छ । यस योजना अन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन पाइने छ । उक्त कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच गरि २.५ ग्राम देखि १० ग्राम सुनको सिक्का वा १०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको नगद पक्का जित्न सकिनेछ । नगद पुरस्कार तुरन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ ।

सुनको लागि ९८०१११४६५८ मा सम्पर्क गरि नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । गोसाईकुण्ड हेलिकप्टर यात्राको लागि कुपनको अर्घकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा लेखि लक्की-ड्र बक्समा हाल्नु पर्नेछ ।

संकलित कुपनहरुलाई राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण मार्फत लक्की–ड्र गरि विजेताहरु चयन गरिनेछ । विजेताहरुको हकमा कुपनमा उल्लेखित मोबाइल नम्बरलाई मात्र मान्यता दिईनेछ र उक्त मोबाइल नम्बर बाहकलाई मात्र पुरस्कार प्रदान गरिनेछ ।

Share News