बागबजारमा कालिज रेष्टुरेन्ट, राजनीतिसँगै पेशा अगाँल्दै युवा नेता

<p>काठमाडौं । बागबजारमा कालिज रेष्टुरेन्ट खुलेको छ । राजनीति मार्फत देश र समाज बदल्ने अठोट बोकेका केहि युवाहरुले बागबजारमा कालिज रेष्टुरेन्ट खोलेका हुन् । श्रेष्ठ टेलरिङको अगाडी रहेको रेष्टुरेन्टमा कालिजका विभिन्न परिकारहरु पाइन्छन् । नेपालमा कालिजको चोरी शिकारीमाथी बन्देज छ । यद्यपी कालिजको मासुका पारखीहरुको संख्या पनि ठूलै छ । युवा संघका महासचिव नरेश कुमार [&hellip;]</p>

काठमाडौं । बागबजारमा कालिज रेष्टुरेन्ट खुलेको छ । राजनीति मार्फत देश र समाज बदल्ने अठोट बोकेका केहि युवाहरुले बागबजारमा कालिज रेष्टुरेन्ट खोलेका हुन् । श्रेष्ठ टेलरिङको अगाडी रहेको रेष्टुरेन्टमा कालिजका विभिन्न परिकारहरु पाइन्छन् ।

नेपालमा कालिजको चोरी शिकारीमाथी बन्देज छ । यद्यपी कालिजको मासुका पारखीहरुको संख्या पनि ठूलै छ । युवा संघका महासचिव नरेश कुमार शाहीको अगुवाईमा केहि युवाहरुले मिलेर चाल्ना खेलमा कालिज फर्म सञ्चालन गरेका छन् । सोही फर्ममा व्यवसायीक रुपमा पालिएका कालिजहरुका बिभिन्न परिकारको स्वाद बागबजारको रेष्टुरेन्टमा चाख्न पाइन्छ ।

शनिबार एक समारोहकाबीच नेकपाका स्थायी कमिटी सदस्यद्धय घनश्याम भुषाल, योगेश भट्टराई, बेदुराम भुषाल, केन्द्रिय सदस्य दिलु पन्त लगायतले रेष्टुेन्टको उद्घाटन गरेका थिए । राजनीतिसँगै व्यवसायमा पनि हात हालेका युवा संघका महासचिव शाहीले आर्थिक रुपमा आत्मनिर्भर रहनुपर्ने निष्कर्षसहित कालिज फर्म र रेष्टुरेन्ट सञ्चालन गरेको बताए ।

चाल्नाखेलको एभरेष्ट वाईल्ड लाइफ एग्रो र बागबजारको कालिज रेष्टुरेन्टमा युरोपबाट फर्किएका युवा ज्ञानेन्द्र तिमल्सिना, बाबुराम श्रेष्ठ लगायतको पनि लगानी रहेको छ । दुबै कम्पनीको अध्यक्षका रुपमा सुशिल भट्टराईले नेतृत्व गरिरहेका छन् ।

Share News