
काठमाण्डौ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक ३२.२४ अंकले बढेको छ । लामो समयपछि नेप्से परिसूचकमा रेकर्ड बनेको छ । आज २.७७ प्रतिशतले परिसूचक बढ्दा ११९८.१८ अंकमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार अहिलेसम्म १६४ कम्पनीका २८ लाख १२ हजार २ सय १२ कित्ता शेयर कारोबार भएको छ । समग्र नेप्सेमा आज ८७ करोड ५५ लाख ७२ हजार ७ सय ६३ रुपैयाँको कारोबार छ ।
लामो समयपछि उल्लेख्य मात्रामा नेप्से परिसूचक बढेको दिन उत्पादनमूलक समूह बाहेका सबै समूहमा हरियाली छाएको छ । बैंकिङ समूह २४.९२, होटल समूह ६३.९२, विकास बैंक समूह २८.६४, जलश्रोत समूह २६.१६, वित्त समूह ४.९३, निर्जीवन बीमा समूह ३१८.०२, अन्य समूह १७.२९, लघुवित्त समूह ६३.७५ र जीवन बीमा समूह २४७.३३ अंकले बढेको छ ।
बजार उकालो राख्ने क्रमले रेकर्ड बनाएको दिन पनि उत्पादन मूलक समूह भने घटेको छ । उत्पादनमूलक समूह ६.०५ अंकले घटेको हो ।
बजार बढेको दिन आज आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी १० अंकले नाफा कमाएका छन् । त्यसैगरी कैलास विकास बैंकका लगानीकर्ताले आज ६.२५ अंकले सबैभन्दा बढी गुमाएका छन् ।