तीन कम्पनीको बोनस पछिको सेयर मूल्य समायोजन, क-कसको कतिमा खुल्यो कारोबार ?

<p>काठमाडौं । मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको मूल्य समायोजन भएको हो । यी तीनवटै कम्पनीले बोनस पछिको सेयरको मूल्य समायोजन गरेका हुन् । मिर्मिरे लघुवित्तको २४ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । जसको [&hellip;]</p>

काठमाडौं । मंगलबार विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था र एनएमबि बैंकको मूल्य समायोजन भएको हो । यी तीनवटै कम्पनीले बोनस पछिको सेयरको मूल्य समायोजन गरेका हुन् ।

मिर्मिरे लघुवित्तको २४ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । जसको सेयर कारोबार प्रतिकित्ता ९६९.३५ रुपैयाँमा खुलेको छ । सामायोजन पछिको पहिलो कारोबारमा संस्थाको मूल्य घटेर प्रतिकित्ता ९६० रुपैयाँमा झरेको छ ।

त्यस्तै, स्वावलम्बन लघुवित्तको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । मंगलबार संस्थाको सेयर कारोबार प्रतिकित्ता ८८६ रुपैयाँमा खुलेको छ । समायोजन पछि कारोबार भएको पहिलो दिन संस्थाको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेको छ ।

त्यसैगरी, एनएमबि बैंकको पनि १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३५१ रुपैयाँदेखि शुरु भएको छ । मंगलबार करिब दुई बजेसम्मको कारोबारमा यस बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ३३५ रुपैयाँसम्ममा झरेको छ ।

Share News