४५ प्रतिशत लाभांश प्रस्तावसहित फरवार्ड माइक्रोफाइनान्सले तोक्यो एजीएमको मिति, पुस १५ गते बुक क्लोज

<p>काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले संचालक समितिको प्रस्तावलाई पारित गर्न आगामी पुस २७ गते वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । सभामा संस्थाले सेयरधनीलाई २० प्रतिशत नगद र २५ प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश दिने विशेष प्रस्ताव लैजाँदै छ । सभाले पारित गरेपछि सेयरधनीले चुक्ता पुँजीको ४५ प्रतिशत लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता [&hellip;]</p>

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले संचालक समितिको प्रस्तावलाई पारित गर्न आगामी पुस २७ गते वार्षिक साधारणसभा(एजीएम) डाकेको छ । सभामा संस्थाले सेयरधनीलाई २० प्रतिशत नगद र २५ प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश दिने विशेष प्रस्ताव लैजाँदै छ ।

सभाले पारित गरेपछि सेयरधनीले चुक्ता पुँजीको ४५ प्रतिशत लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी ३० करोड एक लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ३७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ ।

साेहि सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सो निर्णय संस्थाको संचालक समितिको बैठकले गरेको हो ।

Share News