काठमाडौं । बुधबारको सेयर बजार दोहोरो अंकले बढेको छ । दिउँसो २ बजेसम्म नेप्से परिसूचक २२.४१ अंकले बढेर १२०८ अंकमा पुगेको छ । सो दिनको बजार शुरु भएदेखि नै निरन्तर उकालो लागिरहेको छ ।
सो अवधिसम्म कुल १६४ कम्पनीको ४४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भईसकेको छ । सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भईरहेको छ ।
कारोबार शुरु भएको तीन घण्टाको अवधिमा दुई कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । नागरिक लगानी कोष र विशाल बजार कम्पनीका लगानीकर्ताले क्रमशः ९.९९ र ९.९७ प्रतिशत कमाएका छन् ।
यता कारोबारमा आएका ११ वटै समूह हरिया भएका छन् । यसअवधिसम्म सबैभन्दा बढी जीवन बीमा समूहको सूचक २३२ अंकले बढेको छ ।
