
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले एकैदिन थप चारवटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ । संस्थाले बिहीबार मात्रै महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको मुखियापट्टी मुसहर मनिया गाउँपालिका, सिराहाको सखुवानान्कार कट्टीगाउँपालिका तथा सप्तरीको रुपनी गाउँपालिकाबाट कारोबार शुरु गरेको हो ।
यी सहित संस्थाको शाखा संख्या ४५ पुगेको छ । त्यस्तै, संस्थाले २८ वटा जिल्लाहरुमा विस्तार भएको छ ।
एकडारा गाउँपालिकाका प्रमुख राम छविलाल साह, मुखियापट्टी मुसहर मनिया गाउँपालिकाका उपाध्यक्ष मीरादेवी महतो, रुपनी गाउँपालिकाका उपाध्यक्ष सरिता यादव तथा सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् ।
संस्थाले विपन्न वर्गलाई आर्थिक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्यका सहित विभिन्न स्थानमा नया नया शाखा विस्तार गरिरहेको छ । साथै, संस्थाले आगामी दिनहरुमा अझ सहज र प्रभावकारी रुपमा वित्तीय सेवा प्रवाह गर्ने प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिए ।
संस्थाले हालसम्म १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ । साथै, सदस्यहरुबाट ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।