६ कम्पनीको बोनस सेयर पछि मूल्य समायोजन, कसकाे कतिमा खुल्याे काराेबार ?

<p>काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा विभिन्न ६ वटा कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । आइतबार मात्रै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, आरएसडीसी वित्तीय संस्था, सिर्जना फाइनान्स (वित्तीय संस्था), ग्लोबल आईएमई बैंक, काबेली विकास बैंक र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनसपछिको सेयरको मूल्य समायोजन भएको हो । सो मध्ये फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको २५ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा विभिन्न ६ वटा कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । आइतबार मात्रै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, आरएसडीसी वित्तीय संस्था, सिर्जना फाइनान्स (वित्तीय संस्था), ग्लोबल आईएमई बैंक, काबेली विकास बैंक र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनसपछिको सेयरको मूल्य समायोजन भएको हो ।

सो मध्ये फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता १४८७ रुपैयाँ पुगेको छ । जसको आधार मूल्य प्रतिकित्ता १२८१ रुपैयाँ रहेको थियो ।

त्यस्तै, आरएसडीसीको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर प्रतिकित्ता ३९८ रुपैैयाँबाट कारोबार शुरु भएको छ ।

१५ प्रतिशित बोनस सेयरपछि सिर्जना फाइनान्सको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर प्रतिकित्ता २३२ रुपैयाँमा खुलेको छ ।

१६ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको ग्लोबल आईएमई बैंकको सेयर प्रतिकित्ता २७९ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३३४.१६ रुपैयाँ रहेको थियो ।

त्यसैगरी, नेप्सेले काबेली विकास बैंकको ३५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २४० रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ रहेको थियो ।

साथै, १५ प्रतिशत बोनसपछि एनएमबि माइक्रोफाइनान्सको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर कारोबार प्रतिकित्ता ११६१ रुपैयाँमा खुलेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३०९ रुपैयाँ रहेको थियो ।

Share News