रातो झण्डा देखाएर बिदा गर्यो नेप्सेले २०१८ लाई, २०१९ मा के होला ?

<p>काठमाडौं । काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेले सन् २०१८ को अन्तिम दिन जाँदाजाँदै १७.२६ अंकको गिरावट देखाएर गएको छ । वर्षको अन्तिम दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर १२०० अंक तल झरेको छ । तीव्र गिरावटपछि सरकारी सुधारका प्रयासका वावजुत नेप्ससे परिसूचकले यो गिरावटको सामना गरेको हो । कारोबार शुरु भएदेखि निरन्तर ओरालो [&hellip;]</p>

काठमाडौं । काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेले सन् २०१८ को अन्तिम दिन जाँदाजाँदै १७.२६ अंकको गिरावट देखाएर गएको छ । वर्षको अन्तिम दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर १२०० अंक तल झरेको छ । तीव्र गिरावटपछि सरकारी सुधारका प्रयासका वावजुत नेप्ससे परिसूचकले यो गिरावटको सामना गरेको हो । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजारमा परिसूचक १७.२६ अंकले घटेर ११८७.२८ अंकमा अडिएको छ ।

दिनभर निरन्तर ओरालो लागेको सोमबारको बजारमा कुल ४५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १६८ कम्पनीको १२ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा निर्जीवन बीमा समूह तेहेरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा निर्जीवन बीमा समूहको सूचक १६० अंकले घटेर ५६६६.७३ अंकमा झरेको छ । त्यस्तै, उत्पादनमूलक, हाइड्रोपावर र फाइनान्स समूह सामान्य अंकले बढेका छन् भने कारोबारमा आएका बाँकी समूह राताम्मे भएका छन् ।

बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसकोे सेयर मूल्य प्रतिकित्ता ११४१ रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.२४ प्रतिशत गुमाएका छन् । त्यस्तै, पूर्णिमा विकास बैंकको सेयर मूल्य ७.१८ प्रतिशतले घटेको छ । दोहोरो अंकले घटेको बजारमा जेबिल्स फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक र कालिका पावर कम्पनीको सेयर मूल्य ४ प्रतिशत बढी अर्थात ५ प्रतिशत भन्दा कमले बढेको छ ।

२०१८ को पहिलो दिन अर्थात् २०७४ पुस १७ गते परिसूचक १३९०.५८ विन्दुबाट खुला भएको थियो । यो अंक पहिलो दिनको तुलनामा १४.६२ अंकको गिरावट हो । यसरी बजार घट्नुमा सरकार पपरिवर्तन र वर्तमान सरकारले लिएको नीतिलाई प्रमुख कारण मानिएको छ । शेयर बजारप्रति अनुदार मानिने अर्थ मन्त्रालय नेतृत्व बजारको वृद्धि र विकासप्रति सचेत हुनु र समग्र अर्थतन्त्रको अवस्था सुधार हुँदै जानुले आगामी बर्षहरुमा अर्थतन्त्रको ऐना मानिने शेयर बजार पनि सुधार हुनसक्ने अवस्था आउन सक्छ ।

Share News