चन्द्रागिरि हिल्सले गर्याे १५ करोडको आईपीओ प्रस्ताव, ३० गते साधारणसभा

<p>काठमाडौं । केवलकार सेवा सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले आफ्नो कुल चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ करोड रुपैंया बराबरका १५ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गर्लै साधारणसभा बोलाएको छ । चन्द्रागिरिको साधारणसभा यही पुस ३० गते बस्नेछ । साधारणसभाको लागि गत मंसिर १९ [&hellip;]</p>

काठमाडौं । केवलकार सेवा सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हिल्सले आफ्नो कुल चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ करोड रुपैंया बराबरका १५ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गर्लै साधारणसभा बोलाएको छ । चन्द्रागिरिको साधारणसभा यही पुस ३० गते बस्नेछ ।

साधारणसभाको लागि गत मंसिर १९ गतेको सञ्चालक समितिले नै निर्णय गरेको भए पनि करिब १ महिनापछि उक्त प्रस्ताव सार्वजनिक गरिएको हो । उक्त साधारणसभा उक्त दिन थानकोटस्थित चन्द्रागिरि हिल्सको कार्यालयमै बस्ने जनाइएको छ ।

सञ्चालक समितिको उक्त प्रस्ताव साधारणसभाले पारित गरे कम्पनीले आईपीओ निष्कासनकालागि धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिनेछ त्यसपछि आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

Share News