काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन विभिन्न ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार मात्रै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेन्ट बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो ।
सो मध्ये नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०.७९ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता १७४ रुपैयाँ रहेको थियो ।
त्यस्तै, सिटिजन्स बैंकको ३.६ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात बैंकको सेयर कारोबार प्रतिकित्ता २१० रुपैयाँमा शुरु भएको छ ।
४ प्रतिशित बोनस पछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार बैंकको सेयर कारोबार प्रतिकित्ता १८६ रुपैयाँबाट शुरु भएको छ ।
हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १५४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता १२७ रुपैयाँ रहेको थियो ।
त्यसैगरी, सुमीट माइक्रोफाइनान्सको २३.५३ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको छ । समायोजन पछि मंगलबार संस्थाको सेयर प्रतिकित्ता ७३९ रुपैयाँमा खुलेको छ ।
मंगलबार यी ५ वटै कम्पनीको सेयर किन्नेले बोनस सेयर पाउने छैनन् ।