काठमाडौं । बैंकिङ् प्रणालीसँग आवद्ध भइ अनलाइन कारोबार शुरू भएकाे दिनकाे सेयर बजार सामान्य अंकले घटेको छ । सामान्य उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १.३६ अंकले घटेर कारोबार बन्द भएको छ । समग्रमा मंगलबारको परिसूचक अघिल्लो दिनको तुलनाममा ०.११ प्रतिशतले घटेर ११८५.९१ अंकमा अडिएको छ ।
बजारमा कुल १५६ कम्पनीको २२ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको एक करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनसीसी बैंकको पनि एक करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उतारचढाव देखिएको बजारमा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९१ प्रतिशत कमाएका छन् । संस्थाको सेयर मूल्य सोमबारको तुलनामा ९१ रुपैयाँले बढेर प्रतिकित्ता १००९ रुपैयाँमा कारोबार भएको छ ।
बजारमा जम्मा ९ समूह कारोबारमा आएका थिए । जसमध्ये निर्जीवन बीमा ९.७२, माइक्रोफाइनान्स ३.२४ र जीवन बीमा ०.६३ अंकले उकालो लागेका छन् । बाँकी समूह सामान्य अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूह ३.८६ अंकले घटेको छ ।
सो दिन सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य २.९८ प्रतिशतले घटेको छ ।