काठमाडौं । बुधबार नेपाल एसबीआई बैंकको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले घटेको छ । मंगलबार प्रतिकित्ता ४०३ रुपैयाँमा कारोबार बन्द भएको यस बैंकको सेयर बुधबार ३९५ रुपैयाँमा झरेको छ ।
बैंकले गत वर्षको नाफा वितरणका लागि आजबाट बुक क्लोज गरेको छ । आज सेयर किन्नले गत वर्षको नाफाबाट बैंकले दिन लागेको ५ प्रतिशत बोनस सेयर ५ बोनस पाउने छैनन् ।
बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता ४०३ रुपैयाँ तोकेको छ ।