काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आज(बिहीबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १११.८८ देखि २९५.२३ रुपैयाँसम्म मूल्य तोकेको छ ।
जुनसुकै कम्पनीको सेयर नेप्सेमा सूचिकरण भएको ७ दिनमा पहिलो कारोबार शुरु हुनेछ ।
बुटवलको बुद्धपथमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको हालसम्म १८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको छ । साथै, कम्पनीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ ।