काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । संस्थाले आर्थिक वर्षको २०७५ असार मसान्तको चुक्ता पुँजीको सो मात्राको सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ७५ प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ पुग्ने छ ।
संस्थाले हकप्रद सेयर घोषणा सँगै कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार प्रतिकित्ता ११०४ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य बिहीबार प्रतिकित्ता १०४५ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनमा ५९ रुपैयाँ घटी हो । बिहीबार संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता १०१० रुपैयाँसम्म कारोबार भएको थियो ।