१२ औँ चितवन महोत्सव पुस २५ देखी ४ माघसम्म हुने, पहिलो पटक कृत्रिम चिडियाखाना पनि

<p>काठमाडौँ । १२ औं चितवन महोत्सव यहि पौष २५ देखि माघ ४ गतेसम्म संचालन हुने भएको छ । महोत्सव नारायणी नदीकिनार नारायणगढमा हुने भएको छ । चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथै उद्योग व्यवसाय प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रत्येक २/२ वर्षको अन्तरालमा चितवन महोत्सव हुँदै आएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा [&hellip;]</p>

काठमाडौँ । १२ औं चितवन महोत्सव यहि पौष २५ देखि माघ ४ गतेसम्म संचालन हुने भएको छ । महोत्सव नारायणी नदीकिनार नारायणगढमा हुने भएको छ ।

चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथै उद्योग व्यवसाय प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले प्रत्येक २/२ वर्षको अन्तरालमा चितवन महोत्सव हुँदै आएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानले ‘पहिले पहिलेको चितवन महोत्सव र अहिलेको चितवन महोत्सवमा केही फरक अनुभूति देखिने छ ।’ नेपालमा नै पहिलो पटक कृत्रिम चिडियाखाना समेत रहने बताए ।

महोत्सवमा ८ वटा विशेष स्टल र ५३० वटा स्टल रहनेछन् । यसवर्ष महोत्सवमा कृत्रिम चिडियाखाना थप गरिएको छ । पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । महोत्सव अवधिभर कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित विभिन्न कार्यशालाहरु हुनेछन् ।
कुल ५ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अनुमान गरिएको छ । ‘बालुवामा कुँदिएको २० फिट लम्बाइ, १० फिट चौडाइ रहेको माछाको कलात्मक आकृतिसमेत महोत्सव परिसरमा रहन्छ ।

यसवर्षको चितवन महोत्सवको समापन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्नै छन् ।

Share News