काठमाडौं । आइतबारको सेयर बजार ७.२२ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजार अन्तत ०.६१ प्रतिशतले घटेर ११७०.७९ अंकमा अडेको छ ।
बजारमा कुल १० समूह करोबारमा आएका छन् । जसमध्ये अन्य समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७९ अंकले घटेको छ । अन्य समूह भने ९.५४ अंकले उकालो लागेको छ ।
सो दिन कुल १५६ कम्पनीको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा एनसीसी बैंकको ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।