
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले नयाँ शाखा काठमाडौंको गोङ्गबुमा विस्तार गरेको छ । यो सहित कम्पनीको शाखा संख्या ३० पुगेको छ ।
उक्त नयाँ विस्तारित शाखाको उद्घाटन सानिमा लाईफका प्रबन्धक डा.भरत थापाले गरेका छन् । प्रबन्धक थापाले सोमबार इन्स्योरेन्सद्धारा आयोजित एक कार्यक्रममा उक्त शाखाको उद्घाटन गरेका हुन् ।