आईएमई लाइफको थप शाखा बेनी र कुश्मामा, ल्यायाे १० वटा योजनाहरु

<p>काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा थप शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको उद्घाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरेका छन् । कार्यक्रममा डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा विस्तार [&hellip;]</p>

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा थप शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको उद्घाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरेका छन् ।

कार्यक्रममा डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा विस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको बताएका छन् ।

कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । साथै, विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ ।

Share News