काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, संस्थाले उक्त बोनस पश्चात कायम भएको चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव गरेको छ ।
संस्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आगामी वार्षिक साधारणसभा माघ १९ गते बिहान ११ बजे स्याङ्गजाको भकुण्डेमा बस्दै छ ।
हाल संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी बढेर १० करोड ८० लाख रुपैयाँ नाघ्ने छ । त्यसपछि सोही पुँजीको ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने संस्थाको प्रस्ताव रहेको छ । त्यसपछि चुक्ता पुँजी बढेर १६ करोड रुपैयाँ नाघ्ने छ ।
साथैं, संस्थाले बोनस सेयरमा लाग्ने कर वापत ४ लाख २९ हजार रुपैयाँ लाभांश वितरण गर्ने जनाएको छ ।