सबैभन्दा कमजोर रेटिङ पाएका कम्पनीलाई आईपीओ निष्काशनमा रोक

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ पाएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न रोक लगाएको छ । बोर्डले क्रेडिट रेटिङ कम्पनीहरुले प्रदान गरेको रेटिङमा सबैभन्दा कमजोर रेटिङ प्राप्त गर्ने कम्पनीहरुलाई त्यस्तो रोक लगाइएको हो । हाल कायम रहेको ३ करोड भन्दा कमको आईपीओ निष्कासन गर्दा रेटिङ गर्नै नपर्ने व्यवस्था भने कायमै रहने बोर्डका सहायक प्रवक्ता निरञ्जय [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ पाएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न रोक लगाएको छ । बोर्डले क्रेडिट रेटिङ कम्पनीहरुले प्रदान गरेको रेटिङमा सबैभन्दा कमजोर रेटिङ प्राप्त गर्ने कम्पनीहरुलाई त्यस्तो रोक लगाइएको हो ।

हाल कायम रहेको ३ करोड भन्दा कमको आईपीओ निष्कासन गर्दा रेटिङ गर्नै नपर्ने व्यवस्था भने कायमै रहने बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । यसको अर्थ, अब ग्रेड ५ प्राप्त गरेका कम्पनीलाई आईपीओ निष्काशन गर्न नदिइने भएको हो ।

प्रत्याभूतिकर्ताले प्रत्याभूति लिनु नपर्ने

साथै सबैभन्दा कमजोर रेटिङ पाएका कम्पनीहरुका निष्काशन तथा सुरक्षण प्रत्याभूतिका लागि सम्झौता गरेका कम्पनीहरुले पनि त्यस्तो प्रत्याभूति लिनु नपर्ने व्यवस्था गरेको छ ।

प्राकृतिक व्यक्तिलाई ४० प्रतिशत ऋणपत्र

बोर्डले ऋणपत्र बजारमा प्राकृतिक व्यक्तिको कम्तीमा ४० प्रतिशत हिस्सा सुनिश्चित गर्न समेत सम्बन्धित धितोपत्र निष्कासनकर्ता तथा विक्रीकर्ता कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Share News