काठमाडौं । एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपाङ्ग मैत्री एवं ई-लबी शाखाको उद्घाटन गरेकोे छ ।
उक्त शाखाको उद्घाटन यस बैंकका अध्यक्ष बिके श्रेष्ठले गरेका थिए । यस शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदान गर्न उपाङ्गता मैत्री प्रवेशद्वार निर्माण गरिएको बैंकले जनाएको छ ।
त्यस्तै ई-लबी आधुनिक बैंकिङ सुविधा जस्तै डेबिट कार्ड, उपोभोग्ता भूक्तानीबिल, एटिएम जस्ता सुविधा प्रदान गर्न जडान गरिएको छ । कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।