काठमाडौं । बुधबार स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचिकृत भएको छ । एकैदिन दुई संस्थाको कूल १९ लाख १६ हजार ५३१ कित्ता सेयर सूचिकृत भएको हो ।
सो मध्ये स्वदेशीको ११ लाख ५० हजार र नागबेलीको ७ लाख ६६ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।