काठमाडौं । बुधबारको बजार झिनो अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि एक बजेसम्म लगातार बढेर ११८३ अंकमा पुगको थियो । त्यसपछि परिसूचक ओरालो लागेर अन्तत बजार बन्द हुँदा सामान्य २.२९ अंकले बढेर ११७९ अंकमा पुगेको छ ।
कुल १६६ कम्पनीको ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको प्रमोटर सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ५६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । जुसको सेयर मूल्य प्रतिकित्ता ११० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
भार्गव विकास बैंकका लगानीकर्ताले ५.९७ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता १४२ रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी हाथवे फाइनान्स कम्पनीको सेयर मूल्य ३.२ प्रतिशतले घटेको छ ।
बजारमा फाइनान्स र अन्य समूह बाहेक बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् । फाइनान्स र अन्य समूह क्रमशः १.११ र ०.१८ अंकले घटेका छन् ।