जनता बैंकका सेयरधनीले साढे ८ प्रतिशत नगद लाभांश पाउने निश्चित

<p>काठमाडौं । जनता बैंक नेपाल लिमिटेडका सेयरधनीले ८.५० प्रतिशत नगद लाभांश पाउने निश्चित भएकाे छ । बैंकको नवौँ वार्षिक साधारणसभाले समितिको प्रस्तावलाई पारित गरेसँगै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने भएका हुन् । बैंकको नवौं वार्षिक साधारणसभा आइतबार(आज) काठमाडौंको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा [&hellip;]</p>

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडका सेयरधनीले ८.५० प्रतिशत नगद लाभांश पाउने निश्चित भएकाे छ । बैंकको नवौँ वार्षिक साधारणसभाले समितिको प्रस्तावलाई पारित गरेसँगै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने भएका हुन् ।

बैंकको नवौं वार्षिक साधारणसभा आइतबार(आज) काठमाडौंको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा बसेको थियो ।

सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात ६८ करोड ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न अनुमति दिएको हो ।

हालसम्म बैंकको निक्षेप संकलन ६८ अर्ब र कर्जा लागानी ६३ अर्ब रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ३२ करोड रुपैयाँ(एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, हाल बैंकको १२९ शाखा, ५० शाखा रहित बैकिङ् केन्द्र, ७९ एटीएम सञ्चालनमा रहेको छ ।

Share News